Browsing Category

School Sports

आयोजक गोदावरी च्याम्पियन

फागुन १९, काठमाडौं । आयोजक गोदावरी फिट्नेस एकेडेमी प्रथम गोदावरी नगरपालिका मेयर कप राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । गोदावरीले ५ स्वर्ण, ५ रजत र ५ कास्य जितेर टिम च्याम्पियन बनेको हो । गोदावरीको…

लिटिल फ्लावर प्रिमियर लिग क्रिकेटको उपाधिका लागि सिद्धार्थ र लिटिल बुद्ध भिड्ने

फागुन १९, कैलाली । धनगढीमा जारी निष्ट लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि लिटिल बुद्ध एकेडेमी कञ्चनपुर र सिद्धार्थ सिसु सदन कैलाली भिड्ने भएका छन् । शनिबार भएको पहिलो सेमिफाईनलमा सिद्धार्थ शिशु सदनले धनगढीकै कैलाली…

टाइम्स सेमिफाइनलमा

फागुन १८, काठमाडौं । टाइम्स कलेज तेश्रो क्रान्तिकारी कप अन्तरकलेज छात्र फुटसल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । टाइम्सले बानेश्वर ‘बी’ लाई ४–२ गोलले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । अन्य खेलमा ग्लेसियरले…

पतञ्जली जुडो क्लबमा मनाइयो फागु पूर्णिमा

फागुन १७, काठमाडौं । मण्डिखाटारमा रहेको पतञ्जली जुडो क्लबका खेलाडीले बिहीबार फागू पूर्णिमा मनाएका छन् । क्लबमा रहेका ६० खेलाडीहरुले एक आपसमा अविर र शुभकामना साटासाट गरी सामूहिक फागू मनाएका हुन् । रंग लगाउने कार्यक्रम सकिएपछि खेलाडीहरुलाई…

क्यारेबियन कप टि–२० क्रिकेटको उपाधि गोल्डेनगेटलाई

फागुन १६, काठमाडौं । क्यारेबियन कप अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिताको उपाधि गोल्डेनगेट इन्टरनेशनल कलेजले जितेको छ । पुल्चोक इञ्जिनियरिङ कलेजको मैदानमा बुधबार भएको फाइनलमा गोल्डेनगेटले पाटन बहुमुखी क्याम्पसलाई ६ विकेटले पराजित गर्दै…

काठमाडौं टिम च्याम्पियन

फागुन १६, काठमाडौं । काठमाडौं जिल्लाको टोलीले प्रथम बेलमन्ट राष्ट्रव्यापी कराते प्रतियोगिताको उपाधि जितेको छ । १९ स्पर्धा समावेश प्रतियोगितामा काठमाडौंले सर्वाधिक १३ स्वर्ण जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो । सामाखुशी टाउन…

लोयल्टी कप फुटबलकाे उपाधि लिटिल एन्जल्सले जित्याे

फागुन १५, काठमाडाैं । आठौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा लिटिल एन्जल्स स्कुल च्याम्पियन बनेको छ । मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा एलएले हिमालय बोर्डिङ स्कुललाई ५–४…

प्राइम र गोल्डेन गेट अन्तर कलेज बास्केटबलको उपाधि नजिक

ग्रिनफिल्डकप अन्तर कलेज बास्केटबल प्रतियोगितामा प्राइम र गोल्डेन गेट कलेज उपाधि नजिक पुगेका छन् । सोमबार भएको सेमिफाइनल खेलमा प्राइमले सीसीआरसीलाई ७१–६१ को अंकले पराजित गर्यो । प्राइमले पहिलोमा १५–१४ अग्रता बनाए पनि दोस्रोमा भने १४–२४ ले…

होप भ्याली, स्किब्स र नेरिकलाई उपाधि

फागुन १३, काठमाडाैं । आयोजक होप भ्याली स्कुल (एचभीएस), स्किब्स र नेरिक एकेडेमीले तेश्रो एचभीएस अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् ।  होप भ्याली जुनियर ब्वाइज, स्किब्स सिनियर गर्ल्स र नेरिक सिनियर…

निशान्त र सुनिताले जिते म्याराथन उपाधी

प्रोलिफिक स्कुलका निशान्त खड्का र विजेश्वरी सैनिक बिद्यालयकी सुनिता श्रेष्ठले महर्षि म्याराथनको उपाधी जितेका छन् । निशान्तले म्याराथन अन्तरगतको ५ किलोमिटरको दौड १६.२४ मिनटमा पुरा गर्दै प्रथम स्थान हात पारेका हुन् । यस्तै मलिला तर्फ…