अमेरिकाले दियो नेपाललाई २८२ रनको लक्ष्य

  • Image नेप्लेज
  • १८ कार्तिक २०८१, आइतवार
  • 1109 पटक हेरिएको
अमेरिकाले दियो नेपाललाई २८२ रनको लक्ष्य

काठमाडौं । आईसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणत्मक सिरिजमा घरेलु टोली अमेरिकालले नेपाललाई २८२ रनको लक्ष्य दिएको छ। 

टस हारेर पहिले ब्याटिङ गरेकाे अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनाएपछि नेपालले २८२ रनको लक्ष्य पाएको हो। 

अमेरिकाको लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रनको अर्धशतकीय पारि खेले। यस्तै कप्तान मोनांक पटेलले ६७ रन बनाउँदा हरमिट सिंहले ५९ रनको बनाए। आरोन जोन्स २६ रनमा आउट हुँदा सञ्जय कृष्णमूर्तिले १५ रनको योगदान दिए। 

यता, बलिङतर्फ नेपालका लागि गुलसन झाले तीन तथा सन्दीप लामिछाने र साेमपाल कामीले समान दुई विकेट लिए। कुशल भुर्तेलको नाममा एक विकेट रह्यो।

यस सिरिजमा नेपालले दुई खेलमा एक हार र एक जित हासिल गरेको छ भने अमेरिकाले तीन खेलमा एक हार र एक जित निकालेको छ। 

यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो भने स्कटल्याण्डलाई पराजित गरेको थियो। 

लिग–२ मा अहिलेसम्म अमेरिका ११ खेलमा १४ अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने नेपाल १० खेलमा ५ अंकसहित सातौं स्थानमा छ।