काठमाडौं । काठमाडौं जिल्ला क्रिकेटले एनसीसी महिला तथा पुरुष टी२० क्रिकेट प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ।
शनिबार सम्पन्न फाइनलमा काठमाडौंले ललितपुर जिल्लालाई सुपर ओभरमा ८ रनले पराजित गर्दै उपाधि जितेको हो। ललितपुरले दिएको १३२ रनको लक्ष्य पछ्याएको काठमाडौंले ९ विकेट गुमाउँदै १३१ रन नै बनायो। त्यसपछि खेल सुपर ओभरमा गएको थियो।
काठमाडौंकी विपिशा शाहीले ३३ बलमा सर्वाधिक ३५ रन बनाइन्। करिश्मा गुरुङ २१ र अस्मिता खरेल २० रनमा आउट भइन्। ललितपुरकी स्वेता गुप्ताले २८ रन खर्चिएर सर्वाधिक दुई विकेट लिइन्। मनीषा उपाध्याय र यशु पाण्डेले समान एक विकेट लिइन्।
सुपर ओभरमा एक विकेट गुमाउँदै १० रन बनाएको थियो । काठमाडौंकी कञ्चन श्रेष्ठले दुई बलमा पाँच रन बनाइन्। विपशा शाही र करिश्मा गुरुङले समान एक रन बनाइन्। बाँकी रन भने काठमाडौंले अतिरिक्त पाएको थियो। तर, ११ रनको लक्ष्य पछ्याएको भक्तपुरले भने दुई विकेट गुमाउँदै दुई रनमात्रै बनाउन सक्यो। सुपर ओभरमा काठमाडौंकी संस्कृति फुयाँलले दुई रन खर्चिएर दुई विकेट लिइन्।