कोशी प्रदेश टी– १० क्रिकेटमा विराटनगर स्पोर्टिङको लागातार तेस्रो जित

  • Image नेप्लेज
  • १७ जेठ २०८१, बिहिवार
  • 711 पटक हेरिएको
कोशी प्रदेश टी– १० क्रिकेटमा विराटनगर स्पोर्टिङको लागातार तेस्रो जित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर स्पोर्टिङ क्बलले लगातार तीन जित निकाल्दै ६ अंक जोडेको छ ।

विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बिहीबार भएको एलिट क्रिकेट क्लबसँग ६३  रनले पराजत गर्दै विराटनगरले लगातार तीन जित हात पारेको हो ।

टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धातिर १० ओभरमा १ विकेट गुमाउँदै १५५ रन बनाएको हो । जितको लागि विराटनगर स्पोर्टिङका परवेज शेखले अर्धसतक कटाउँदै बिस्पोट ब्याटिङ गरेका छन् । परवेजले २६ बलमा ७९ रन रन बनाए । परवेजले अविजित ८ छक्का र ६ चौका प्रहार गरे । सर्वाधिक रन बनाउने परवेज खेलको प्लेर अफ द म्याच पनि घोषित भए । रवि रोयले पनि अक्रमक ब्याटिङ गर्दै २७ बलमा अविजित ५२ रन बनाए । उनले ३ छक्का र ७ चौका हिर्काए ।

एलिटका बलर अंकित गोस्वामीले १ विकेट लिए ।

विराटनगरले दिएको १५६ रनको लक्ष्य पछ्याएको एलिटले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ९१ रन मात्रै बनायो । जसमा कलामुद्दीनले २४ बलमा ४२ रन बनाए । उनले १ छक्का र ६ चौका प्रहार गरे । अविसेख पालले ६ बलमा २ रन बनाउँदा अरु ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

विराटनगरका बलर आसोतिक सिंहले ४ विकेट र भुपाल लुईटेलले १ विकेट लिए ।

यसअघि विराटनगरले पूर्वाञ्चल एकाडेमीलाई ७ विकेटले र विराटनगर प्यान्थर्सलाई ५ विकेटले हराएको थियो ।

बाँसको खम्बामा अस्थायी फ्लडलाइट जोडेर सुरु भएको दिवा–रात्रिकालीन प्रतियोगिता लिगका आधारमा भइरहेको छ । विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबार सुरु भएको प्रतियोगितामा विभिन्न ७ क्लबको सहभागिता छ र हरेक क्लबमा चार जना भारतीय खेलाडी अनुबन्धित छन् ।