आठौँ प्रधानमन्त्री कप एनभिए भलिबल लिगको तयारी पूरा

  • Image नेप्लेज
  • १७ जेठ २०८१, बिहिवार
  • 597 पटक हेरिएको
आठौँ प्रधानमन्त्री कप एनभिए भलिबल लिगको तयारी पूरा

काठमाडौँ, जेठ १७ गते । नेपाल भलिबल संघको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको तयारी पूरा भएको छ। 

बिहिवार काठमाडौँको होटल क्राउन प्लाजामा सम्पन्न सामान्य प्राविधिक बैठकमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संमयोजक तथा नेपाल भलिबल संघका उपाध्याक्ष युवराज श्रेष्ठले जानकारी दिए। 

प्रतियोगितामा सहभागि सबै टिमलाई शुभकामना दिँदै खेललाई अनुशासित भए खेल्न र आफ्नो खेल कैसलता प्रस्तुत गर्न अनुरोध गरे। 

यस्तै रेफ्री संयोजक विजय केसीले प्र।तियोगितालाई टेक्नीकट पक्षको विषयमा प्रस्ट पार्दै खेल नियमावली वितरण गरेको बताए। 

प्रतियोगिता यहिँ जेठ १९ गतेबाट त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्ड हलमा आयोजना हुनेछ। प्रतियोगिताको उद्घाटन खेल दिउँसो ३ बजे न्यू डायमन्ड स्पोर्ट्स क्लब र एपीएफ क्लबको महिला टोलीबीच हुनेछ। उद्घाटन खेलमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्य सचिव टंकलाल घिसिङ, ओलमपिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ लगायत अन्य अतिथिको सहभागिता रहनेछ।

जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोली प्रतिस्पर्धा गर्ने छन्। लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुनेछ।  

यस्तै प्रतियोगिताको पहिलो दिन ४ पुरुष २ महिलाको गरि कुल ६ खेल हुनेछ।