कुङफुमा रजिन र राजको ह्याट्रिक स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-१२
  • |
  • 517 पटक हेरिएको

काठमाडौंका रजिन च्यामेले तेश्रो राष्ट्रिय कुङफु प्रतियोगितामा शनिबार तेहोरो स्वर्ण जितेका छन्। उनले सिनियर पुरुषको लङ वेपन, सर्ट वेपन र बेयर ह्यान्ड स्पर्धामा स्वर्ण जितेका हुन्।

कीर्तिपुर कभर्डहलमा भएको प्रतियोगिताको सिनियर पुरुषको लङ वेपनमा ओखल्ढुंगाका कुमार बलामी दोश्रो तथा ललितपुरका पेम्बा शेर्पा तेश्रो भए। सर्ट वेपनमा पनि कुमार र पेम्बाले त्यही सफलता दोहो¥याए। बेयर ह्यान्डमा भने पेम्बाले रजत तथा कुमारले कांस्य हात पारे।

नेपाल कुङफु संघको आयोजना तथा मार्सल आर्ट्स अर्गनाइजेसन नेपालको सह–आयोजनामा भएको प्रतियोगितामा धादिङका राज थापाले पनि स्वर्णमा ह्याट्रिक गरे। उनले जुनियर पुरुषको लङ वेपन, सर्ट वेपन र बेयर ह्यान्डमा गरी ३ स्पर्धामा स्वर्ण जिते। बेयर ह्यान्डमा गोर्खाका सागर गुरुङले रजत तथा काठमाडौंका अमोद बस्नेतले कांस्य हात पारे। लङ वेपनमा गोर्खाका सागर दोश्रो तथा काठमाडौंका रिकेश च्यामे तेश्रो बने। सर्ट वेपनमा गोर्खाका सागर दोश्रो र काठमाडौंका अमोद तेश्रो स्थानमा रहे। जुनियर महिलाको बेयर ह्यान्डमा काठमाडौंकी यौकी गुरुङले शीर्ष स्थान हात पारिन्।

प्रतियोगिताको बागमती प्रदेशका पूर्व मन्त्री पुकार महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे। पहिलो दिनका पदक विजेतालाई नेपाल कुङफु संघका अध्यक्ष सीताराम हुमागाईं, कुङफुका प्रशिक्षक सुकमान लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए। प्रतियोगितामा विभिन्न १६ जिल्लाका १ सय ८० खेलाडीले सिनियर र जुनियरमा गरी ४४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको सह–आयोजक मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले जनाएका छन्। प्रतियोगिता आइतबार सम्पन्न हुनेछ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey