भ्याली पब्लिक एसइइ फुटसल आइतवारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-१२
  • |
  • 256 पटक हेरिएको

भ्याली पब्लिक स्कुलको आयोजनामा प्रथम भ्याली पब्लिक एसइइ कप फुटसल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १८ ब्वाइज टिमको सहभागिता रहने भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा टोखा एफसी, टिभ्स ‘बी’, टिम बिस्ट, ब्रदर्श एफसी र डाउनटाउन तथा समूह ‘बी’ मा साइप्रस, भक्तपुर योङ्स, जुगल नव गुरुकुल, द सेभेन ब्रोस र श्रमशील एकेडेमी रहेका छन् । त्यस्तै रोयल कपन, ड्रागन एलिट एफसी, समृद्धि, भ्याली पब्लिक ‘बी’ र विद्याआर्जन समूह ‘सी’ मा तथा टिभ्स ‘ए’, भ्याली पब्लिक ‘ए’ र सेक्रेड हार्ट समूह ‘डी’ मा छन् ।

विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । नगद पुरस्कारबाहेक विजेता टोलीका प्रत्येक खेलाडीले ६०, उपविजेताले ३० तथा सहभागीले १० प्रतिशत छात्रवृत्ति पाउने आयोजकले जनाएको   छ । तीनदिने प्रतियोगिताका खेलहरु भंगालस्थित भ्याली पब्लिकको आफ्नै फुटसल कोर्टमा खेलाइने छ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey