भारत पहिलो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-११
  • |
  • 463 पटक हेरिएको

भारत एटीएफ यु-१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा शुक्रबार पहिलो भएको छ।

भारत ब्वाइज/गल्र्स दुवैमा पहिलो भयो। नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २-० ले पराजित ग¥यो। गल्र्सको उपाधि भिडन्तमा भारतले श्रीलंकालाई पनि २-० ले नै हरायो। ब्वाइज/गल्र्स दुवैमा फाइनल पुग्ने चारै टोली काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यु-१२ टिम प्रतियोगिताका लागि छनोट भएका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबारै भएको गल्र्सको राउन्ड रोविन लिगमा नेपालले माल्दिभ्सलाई २-१ ले पन्छ्याउदै सान्त्वना जित हात पा¥यो।
विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल, सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। पाँचदिने प्रतियोगिताको ब्वाइजमा ७ तथा गल्र्समा ५ राष्ट्र सहभागी थिए। नेपालले यो प्रतियोगिता आयोजना गरेको यो चौथोपटक हो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey