एशियन तेक्वान्दो प्रतियोगिता शुरू

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-११
  • |
  • 204 पटक हेरिएको

काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दो प्रतियोगिता शुक्रबारबा६ शुरू भएको छ। 

ललितपुरको कराँते महासंघ एकडेमी, सातदोबाटोमा सुरु भएको प्रतियोगिताको नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरे। 

आउँदो आइतबारसम्म हुने प्रतियोगितामा नेपाल, मलेसिया, बंगलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलंका, सिंगापुरका करिब २ हजार ५ सय खेलाडी सहभागी छन्। 

प्रतियोगितामा एकल स्पाईरिङ, एकल काँटा र समूह काँटा गरि तीन समूहमा प्रतिस्पर्धा गरिने आयोजक नेपाल चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कुलबहादुर बुढामगरले बताए। 

खेलको उद्घाटन गर्दै समाजवादीका अध्यक्ष नेपालले आफ्ना बालबालिकाहरु मेहेनति छन् कि छैनन् भनि हेर्ने जिम्मेवारी अभिभावकको भएको उल्लेख गर्दै बालबालिकालाई उनीहरुको रुचि अनुसार अगाडि बढ्न हौसला दिनुपर्ने सल्लाह दिए। उनले भने, ‘विद्यालय, पालिका र प्रदेशभर खेल क्षेत्रको विकासका लागि सुरु भएको यो अभियान सुरु होस्। के कुराले समाजलाई राम्रो दिशामा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा समेत ध्यान दिँदै अघि बढ्नुपर्छ। हामी नयाँ नेपालका योग्य नागरिकहरु निर्माण गर्न चाहन्छौं। अनेक देशबाट आएका प्रतियोगिहरुलाई स्वागत गर्न चाहन्छौं।’

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey