एनटीए/ डब्लुटीएनको सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-१०
  • |
  • 309 पटक हेरिएको

नेपाल टेनिस संघले नेपालमा पहिलोपटक वल्र्ड टेनिस नम्बर (डब्लुटीएन) को सुरुआत गरेको छ । टेनिस संघकी अध्यक्ष ज्योति राणाले बिहीबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को सभाकक्षमा आयोजित एक कार्यक्रमबीच डब्लुटीएनको सुरुआत गरिएको घोषणा गरिन् ।

डब्लुटीएनको सुरुआतसंगै प्रतियोगिता व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गर्न सहज हुने टेनिस संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी गराए । टेनिस प्रतियोगिता आयोजकले नेपाली खेलाडीको रेटिङका लागि टेनिस संघलाई निश्चित शुल्क तिरेर ‘एक्सेस’ लिइ प्रतियोगितामा सहभागी हुने खेलाडीको नामवली डब्लुटीएनमा समावेश गर्न पाउने छन् । त्यसपछि खेलाडीले गरेको प्रदर्शनका आधारमा सम्बन्धित खेलाडीको रेटिङ हुनेछ । रेटिङ न्युनतम ४० अंकदेखि सुरु हुनेछ ।

टेनिस संघका सदस्य जयजीव हाडाले यु–९ उमेरसमूहको स्पर्धादेखि मात्र खेलाडी डब्लुटीएनमा समावेश हुने बताउदै हालसम्म १६९ राष्ट्रका राष्ट्रिय संघले डब्लुटीएनको सुरुआत गरिसकेको जानकारी दिए ।

कार्यक्रममा एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, टेनिस संघका महासचिव मनोहरदास मुल, नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटी, नेपालमा टेनिस प्रतियोगिता आयोजना गर्ने संस्थालगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey