एटीएफ यु–१२ टेनिस : भारत र श्रीलंका फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-१०
  • |
  • 304 पटक हेरिएको

भारत र श्रीलंका एटीएफ यु-१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) को गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । पाँच राष्ट्रको सहभागिता रहेको राउन्ड रोविन लिगमा भारत पहिलो र श्रीलंका दोश्रो हुँदै फाइनलमा पुगेका हुन् ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा भारतले माल्दिभ्स तथा श्रीलंकाले बंगलादेशलाई समान ३-० को नतिजामा पराजित गरे ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा पनि भारत फाइनलमा पुग्न सफल भयो । भारतले श्रीलंकालाई ३-० ले हरायो । फाइनलमा भारतको भेट पाकिस्तानसंग हुनेछ । अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशमाथि ३-० को सहज जित दर्ता गर्‍यो । फाइनल शुक्रबार हुनेछ ।

ब्वाइज/गल्र्स दुवैमा फाइनल पुग्ने चारै टोली काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यु-१२ टिम प्रतियोगिताका लागि छनोट भएका छन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey