स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ७१ रनले हरायो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-१०
  • |
  • 483 पटक हेरिएको

काठमाडौँ । आइसिसी विश्वकप अघिको अभ्यास खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ७१ रनले पराजित गरेको छ। 

स्कटल्यान्डले दिएको १५९ रनको लक्ष्य पछाएको नेदरल्यान्ड्स १४.५ ओभरमा मात्र ८७ रनमै समेटियाे।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्डले २५ बलमा सर्वाधिक २९ रन बनाए। बास डि लिडले २७, लोगन भान बिकले १० रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

स्कटल्यान्डका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेदरल्यान्ड्सले ब्याटिङक्रम ध्वस्त भएको हो। स्कटल्यान्डकाका लागि मार्क वाटले ३.५ ओभरमा मात्र १२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। क्रिस ग्रेभस र ब्राड्ली कुरीले समान २/२ विकेट हात पारे।

यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो। 

स्कटल्यान्डको लागि ओपनर जर्जले ४४ बलमा चार चौका र ६ छक्कासहित ७२ रन बनाएका हुन्। मार्क वाटले १९, माथ्यु क्रोसले १४ तथा ओलिइ हैर्सले १५ रनको योगदान गरेका हुन्। 

नेदरल्यान्ड्सका लोगन भान विनले सर्वाधिक ३ विकेट हात पारेका थिए। 

योसँगै नेदरल्यान्ड्स, आयरल्यान्ड र स्कटल्यान्डबीच भएको त्रिदेशीय शृंखलामा स्कटल्यान्ड र आयरल्यान्डको समान ३ अंक छ। नेदरल्यान्ड्सको २ अंक रह्यो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey