महावीरमाथि सहज जित हासिल गर्दै बागमती शीर्ष स्थानमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-०९
  • |
  • 405 पटक हेरिएको

काठमाडौं । महावीर क्लबमाथि ४-० को जित हासिल गर्दै बागमती युवा क्लब शहीद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार सम्पन्न खेलमा बागमतीलाई जित दिलाउन राज भुसालले दुई तथा दीपेश राई र सिर्जनराज गौतमले समान एक गोल गरे।

जितसँगै बागमतीले ९ खेलमा २० अंक जोडेको छ। पराजित महावीर समान खेलबाट ९ अंकका साथ ११औं स्थानमा छ।

खेलको ३५औँ मिनेटमा दुवै टोली १० खेलाडीमा समेटिए। एक अर्कासँग झगडा गरेपछि रेफ्री प्रतिक घिमिरले बागमतीका अविषेक वाइबा लामा र महावीरका सुरज थारुलाई सीधै रातो कार्ड देखाए।

पहिलो हाफको इन्जुरी समयमा दीपेशले गोल गर्दै बागमतीलाई अग्रता दिलाए। ५३औँ मिनेटमा सिर्जनले टोलीको अग्रता दोब्बर बनाए।

तीन मिनेटपछि नै राजले टोलीका लागि तेस्रो गोल गरे। ५७औँ मिनेटमा राजले ब्यक्तिगत दोस्रो गोल गर्दै बागमतीलाई ४-० को फराकिलो जित दिलाए। 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey