आत्मरक्षा तालिम सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-०९
  • |
  • 400 पटक हेरिएको

सामाजिक विकाश कार्यालय स्याङ्जाको आयोजना तथा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ र जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा किशोरीहरुको आत्मरक्षा सम्बन्धी दुईदिने तालिम स्यांग्जा जिल्लाको श्री त्रिभुवन माध्यमिक बिद्यालय मा सम्पन्न भएको छ ।

विभिनन ९ विधालयबाट प्रशिक्षार्थी सहभागी भएका थिए । प्रत्येक विधालय बाट ५–५ जना गरी ९ विधालयबाट ४५ जना बिधार्थी सहभागी भएका थिए । उक्त तालिमको उद्घाटन जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सालिकराम शर्माले गरेका थिए । समापन स्यांग्जा जिल्ला प्रमुख अधिकारी श्री सुनिता नेपालको प्रमुख आथित्य मा भएको थियो । 

उक्त तालिम सहभागीलाई नेपाल प्रहरीका आईतिएफ तेक्वान्दो प्रशिक्षक तस्बिन पुनले प्रशिक्षण दिएका थिए । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ का महासचिव घम बहादुर थापा मगरले यस्ता तालिमले किशोरीको मनोबल उच्च बनाउन मद्दत पुग्ने धारण व्यक्त गरे ।

 

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey