वडा अध्यक्ष कप फुटबल भोलिदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-०९
  • |
  • 381 पटक हेरिएको

काठमाडौं महानगरपालिका वडा ७ कार्यसमितिको आयोजनामा तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा २० पुरुष टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले जनाएका छन् । ४० वर्षमाथि उमेरसमूहको सिक्स ए साइड स्वरुपको प्रतियोगिताका विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट डिफेन्डर, गोलरक्षक, स्ट्राइकर र मिडफिल्डरलाई जनही ५ हजार नगद पुरस्कार पाउने छन् ।

चारुमति युवा परिवार र चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ९० हजार रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक अजब श्रेष्ठले जानकारी गराए । छदिने प्रतियोगिताका खेलहरु चावहिल फुटबल मैदानमा हुनेछ ।      

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey