चन्द्रागिरीमा स्कुल टु ओलम्पिक

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२८
  • |
  • 457 पटक हेरिएको

चन्द्रागिरी नगरपालिकाको आयोजनामा स्कुल टु ओलम्पिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिकाको वडा ७ मा भएको कार्यक्रमको चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र उपमेयर बसन्ती श्रेष्ठले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।

नेपाल ओलम्पियन संघ र महांकाल ब्याडमिन्टन क्लबको समन्वयमा भएको कार्यक्रममा खेलाडी र विद्यार्थी गरी ३ सय जनाको सहभागिता रहेको ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले जनाएका छन् ।
सहभागीले कार्यक्रममा उपस्थित विभिन्न खेलका स्टार खेलाडीलाई उनीहरुको खेल जीवनको यात्रा, सफलता, संघर्षका कथालगायतका विषयमा चासो व्यक्त गरेका थिए । ओलम्पियन विधान लामा र तेक्वान्दोकी सीता तामाङले सहभागीलाई आत्मरक्षाको ‘टिप्स’ पनि दिएका थिए ।

कार्यक्रममा ओलम्पियन राजेन्द्र भण्डारी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, एसियाली खेलकुदका कांस्य विजेता बक्सर दीपक महर्जन, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, एसियाली खेलकुदकी रजत विजेता करातेकी एरिका गुरुङ, ब्याडमिन्टनकी रशिला महर्जनलगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष विष्टले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै भने– ‘हाम्रा खेल जीवनका राम्रा र सफलताका कुरा ससना भाइबहिनीहरुलाई सुनाएर उनीहरुलाई खेलकुदप्रति आकर्षित गराउनु हो ।’ उनले आगामी दिनमा देशका विकट ठाउँमा पनि खेलका हस्तीहरुलाई उपस्थित गराइ खेलकुदको प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताए ।

‘सर्भिस टु सोसाइटी, सर्भिस टु ओलम्पियन’ भन्ने मूल नाराका साथ २०७९ सालमा कर्णाली प्रदेशदेखि स्कुल टु ओलम्पिक कार्यक्रमको सुरुआत भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey