कपालीलाई दुई छनोट प्रतियोगिताको जिम्मेवारी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२६
  • |
  • 559 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीलाई दुई फरक अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट प्रतियोगिता सञ्चालन गर्न जिम्मेवारी दिएको छ ।

सदस्य–सचिवस्तरीय निर्णयानुसार दुवै प्रतियोगिताका लागि कपालीको संयोजकत्वमा ३ सदस्यीय खेलाडी छनोट समिति गठन गरिएको छ । समितिका सदस्यमा नायब वरिष्ठ टेबलटेनिस प्रशिक्षकद्वय मोहनदास बासुकला र संजिव ढुंगेल रहेका छन् ।

पहिलो प्रतियोगिता पेरिस ओलम्पिकका लागि हुने दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगिता रहेको छ । नेपालमै पहिलो पटक हुन लागेको यो छनोट प्रतियोगिता बैशाख ३१ देखि जेठ २ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ५ राष्ट्रबाट समान २–२ पुरुष÷महिला गरी १० खेलाडी सहभागी हुने छन् । समान १–१ पुरुष÷महिला खेलाडीले पेरिस ओलम्पिकका लागि स्थान सुरक्षित गर्ने छन् ।

नेपालबाट पुरुषमा संयोग कपाली र श्यान्टु श्रेष्ठ तथा महिलामा नविता श्रेष्ठ र इभाना थापाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । अर्को छनोट प्रतियोगिता दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगिताका लागि हुनेछ । श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि नेपाली खेलाडीको छनोट प्रतिस्पर्धा जेठ ३ देखि ५ गतेसम्म हुनेछ । यो छनोटबाट समान ६–६ पुरुष÷महिला खेलाडीले श्रीलंका यात्रा पक्का गर्ने छन् । दुवै छनोट प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey