वर्षाका कारण गोदावरी मेयर कप प्रभावित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२५
  • |
  • 495 पटक हेरिएको

ललितपुर । वर्षाका कारण गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यका ब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताका बाँकी रहेका खेल केही दिनका लागि स्थगीत गरिएको छ । 

वर्षाका कारण गोदावरी बहुउद्देश्यीय रङ्गशालाको  झ्यालुन्टार मैदान हिलाम्मे भएको र ठाउँ ठाउँमा पानी जमेको हुनाले केही दिनका लागी खेल स्थगीत गरिएको प्रतियोगिता संयोजक निरोज बज्राचार्यले जानकारी दिए । पानी पर्न अझै नरोकिएको र मैदानको कण्डिसन पनि फुटबल खेलाउन हाललाई उपयुक्त नदेखीएकाले सेमिफाईनल र फाइनलका खेल केही दिन पर सारीएको छ , उनले भने र्,  मौसम विभागका अनुसार अझै केही दिन वर्षा हुने अनुमान भएकाले यही दिन खेल हुन्छ भन्ने यकिन छैन तर पानी पर्न रोकिनासाथ मैदान मिलाएर प्रतियोगिता सूचारु गरिने तयारी छ । 

उनका अनुसार वर्षा रोकिनासाथ मैदानका ब्यवस्थापन गरेर सेमिफाइनलमा पुगेका चारवटै टिमबीच छलफल पश्चात बाँकी खेल खेलाउने नयाँ मिती तय गरिनेछ । यो प्रतियोगिता गोदावरी नगरपालीकाको मैदानमै भएकाले अन्यत्र कतै खेल्ने योजना नरहेको मेयर गजेन्द्र मर्हजनले बताए ।र्
हामी यहि मैदानलाई चिनाएर यसको विकासमा लागेका छौँ, उनले भनेर्, अन्यत्र यो प्रतियोगिताका बाँकी खेल खेलाइन्न , पानी जहिले पर्न रोकिन्छ त्यहिँले मैदान मर्मत र सेमिफाइनल खेल्ने टोलीलाई समय दिएर प्रतियोगिता खेलाइन्छ । 

प्रतियोगिताको सेमिफाइनलका दुबै खेल मंगलबार खेलाइने तय भएपनि वर्षाका कारण दुबै खेल स्थगीत भएको थियो । मंगलबारको पहिलो सेमिफाइनलको खेलमा दिउँसो साढे १२ पछि काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिकाबीच प्रतिस्पर्धा भइरहेको थियो । खेलको ६ मिनेटपछि भारी वर्षा हुन थालेपछि रेफ्रि र आयोजकको टेक्निकल टिमबीचको आकस्मीक छलफल लगत्तै खेल स्थगीत गरिएको थियो र्। जुन समयबाट खेल रोकिएको छ , त्यही समयबाट अर्को दिन त्यही समयबाट खेल खेलाइनेछ , म्याच कमिस्नर रुपचन्द्र विष्टले भने । 
६ मिनेटसम्म दुबैतर्फबाट कुनै गोल भएको थिएन । 

पहिलो खेलसँगै मंगलबार दिउँसो साढे ३ बजे हुने भनिएको चन्द्रागिरी नगरपालिका र महालक्ष्मी नगरपालिकाबीच दोस्रो सेमिफाइनलको खेल पनि स्थगीत गरिएको छ । गोदावरी नगरपालिकाको बि टिमलाई हराउँदै काठमाडौं महानगर सेमिफाइनलमा पुगेको हो भने कीर्तिपुर नगरपालिकालाई ५–४ गोल अन्तरले पाखा लगाउँदै मध्यपुर थिमिले अन्तिम चारमा स्थान पक्का गरेको हो । 

दक्षिणकाली नगरपालिकालाई २–० ले हराउँदै महालक्ष्मी नगरपालिकाले अन्तिम चारमा स्थान बनाएको हो । यस्तै चन्द्रागिरी नगरपालिकाले नागार्जुन नगरपालिकालाई ४–० को अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश पाएको हो । उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् । यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनल र फाइनलमा पराजित हुने टिमका एक जना उत्कृष्ट खेलाडीलाई उदयमान खेलाडीको ट्रफि प्रदान गरिने भएको छ । मेयर कप फुटबलमा अहिलेसम्म सबैभन्दा बढि गोल गर्ने खेलाडीको सूचीमा कीर्तिपुरका यमन मर्हजन शिर्ष स्थानमा छन् । क्बार्टरफाइनलसम्मको खेल सकिँदा ६ गोल गरेका यमन नै अग्र पंक्तिमा छन् । 

तारकेश्वर नगरपालिका विरुद्ध ह्याट्रिक गरेका उनले क्बार्टरफाइनलमा मध्यपुर थिमी नगरपालिकाबिरुद्ध पनि ह्याट्रिक नै गरे । टोली सेमिफाइनलसम्म पनि पुग्न नसकेपनि उनी जारी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा छन् । कीर्तिपुरका यमनपछि ४–४ गोल गर्ने ३ जना खेलाडी रहेका छन् । मध्यपुर थिमीका रोहन खड्गी, चन्द्रागिरीका अविरल रिजाल र समिर कार्कीले ४–४ गोल गरिसकेका छन् । 
दुबै टीम सेमिफाइनलमा पुगेकाले उनीहरुको सर्वाधिक गोलकर्ता हुनसक्ने संभावना रहेको छ । मध्यपुर थिमीका रोहनले टोखाविरुद्ध ३ तथा कीर्तिपुरविरुद्ध १ गोल गरेका थिए । 

चन्द्रागिरीका अविरलले बाग्मती गाउँपालिका विरुद्धको पहिलो खेलमै ४ गोल गरेका थिए । यस्तै चन्द्रागिरीका समिर कार्कीले बाग्मती गाउपालिका विरुद्ध ३ तथा नागार्जुनविरुद्ध १ गोल गरेका थिए । चन्द्रागिरीका आयुषमान श्रेष्ठले पनि ३ गोल गरिसकेका छन् । उनले बाग्मती विरुद्ध १ गोल तथा नागार्जुनविरुद्ध २ गोल गरे । गोदावरी नगरपालिका बि का राजन मर्हजन र ललितपपुर महानगरपालिकाका निरोज मर्हजनले २–२ गोल गर्दा मध्यपुरका यमन राजबाहक र दीपक बासान, कीर्तिपुरका इन्द्र बहादुर बस्नेत र काठमाडौंका राज पौडेलले पनि २–२ गोल गरेका छन् । 
प्रतियोगितामा गोदावरी बि का अनिल लामा बम्जन, मध्यपुरका सुर्दशन श्रेष्ठ तथा महालक्ष्मीका निशान रावल र सगुन केसीले एक–एक गोल गरेका छन् । यसैगरी नागार्जुनका रोजन माली , विकेस विँडारी र निशान घले तथा चन्द्रागिरीका दाबा नोर्बु शेर्पा, रुजित पुडासैनी र साहिल रानाले एक–एक गोल गरेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey