फुटबलर सविता राना मगर पुरस्कृत

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२५
  • |
  • 570 पटक हेरिएको

एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता राना मगरलाई नगदले पुरस्कृत गरेको छ ।

प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए ।

साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेको भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो ।

जोर्डनसँगको फाइनलमा पेनाल्टीमा नेपाल ५-३ गोलले पराजित भएको थियो ।

निर्धारित समय २-२ को बराबरीमा सकिएको थियो ।

फाइनलमा सविताले नेपालका लागि पहिलो गोल गरेकी थिइन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey