युनाइटेडमाथि प्यालेसको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२५
  • |
  • 349 पटक हेरिएको

काठमाडौँ । क्रिस्टल प्यालेसले इङ्लिस प्रिमियर लिगमा शानदार जित हासिल गरेको छ।

सेलहर्स्ट पार्कमा सोमबार राति सम्पन्न खेलमा प्यालेसले पाहुना टोली म्यानचेस्टर युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

जितसँगै १४औँ स्थानमा रहेको प्यालेसले ३६ खेलबाट ४३ अंक जोडेको छ। आठौँ स्थानमा रहेको युनाइटेडको ३५ खेलबाट ५४ अंक रहेको छ।

एकपक्षीय बनेको खेलको १२औँ मिनेटमै माइकल ओलिसले गोल गर्दै प्यालेसलाई शुरूआती अग्रता दिलाएक थिए। उनले डेनियल मुनोजको पासमा गोल गरेका थिए।

४०औँ मिनेटमा क्रिस रिचर्ड्सको पासमा जीन फिलिप मटेटाले गोल गर्दै अग्रता दोब्बर बनाए। ५८औँ मिनेटमा टायरिक मिचेलले गोल गरे। ६६औँ मिनेटमा मुनोजको पासमा ओलिसले नै गोल गर्दै प्यालेसलाई ४-० को जित दिलाए। 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey