सिन्धुपाल्चोक जिल्ला लिग : बुधबार प्लेअफका दुई खेल हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१८
  • |
  • 410 पटक हेरिएको

लामोसाँघु । सिन्धुपाल्चोक जिल्ला लिगमा बुधबार ‘प्लेअफ’का दुई खेल हुने भएको छन्। समूह चरणका १२ खेल सकिएसँगै बुधबार रेलिगेशनबाट बच्न ४ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन्। 

पहिलो खेलमा समूह ‘ए’ मा रहेको न्यू जेनेरेसन क्लबले लामोसाँघु फुटबल क्लबको सामना गर्नेछ। यो खेल बुधबार बिहान ८:३० बजे हुनेछ। यी दुवै टोलीले समूहका दुवै खेलमा पराजय बेहोरेका थिए। 

यस्तै, दिनको दोस्रो खेलमा समूह ‘बी’ मा सबै खेलमा पराजय बेहोरेको श्री राइजिङ युवा क्लबले समूह ‘डी’ को दुवै खेलमा पराजय बेहोरेको श्री कालिका त्रिशक्ति युवा क्लबको सामना गर्नेछ। 

मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा सुनौलो बिहानी अभियानले त्रिशक्ति युवा क्लबलाई ६-२ गोलले पराजित गरेको थियो। 

प्रतियोगिताको सेमिफाइनलको दुई खेल बिहीबार हुनेछ। पहिलो खेलमा चौतारा स्पोर्टङ क्लबले योङ जेनेरेसन युवा क्लबको सामना गर्नेछ। यस्तै, दोस्रो खेलमा समूह ‘बी’ को विजेता बाह्रदेवी युवा क्लबले समूह ‘डी’ को विजेता न्यू सदाबहार युवा क्लबसँग खेल्नेछ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey