नेपाललाई बास्केटबल उपाधि
- नेप्लेज
- |
- २०८१-०१-१७
- |
- 583 पटक हेरिएको
नेपालले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि जितेको छ ।
चीनको युनानमा भएको फाइनलमा नेपालले युनान प्रदेशको ब्याड ५ टोलीलाई २०–१९ ले पराजित गर्यो ।
नेपाली टोलीमा विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् ।
जि टु जि अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्ले बास्केटबल टोलीलाई उक्त प्रतियोगितामा सहभागिताका लागि सहयोग गरेको हो ।