आर्सनललाई एक अंकको अग्रता

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१७
  • |
  • 352 पटक हेरिएको

काठमाडौँ। शीर्ष स्थानमा रहेको आर्सनलले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग एक अंकको अग्रता लिएको छ।

टोटनह्याम हटस्पर स्टेडियममा आइतबार राति सम्पन्न खेलमा घरेलु टोलीलाई ३-२ गोल अन्तरले पराजित गर्दै आर्सनलले महत्त्वपूर्ण ३ अंक जोडेको हो। योसँगै ३५ खेल खेलेको आर्सनलको ८० अंक पुगेको।

जुन एक खेल कम खेलेको सिटीको भन्दा एक अंक बढी हो। शीर्ष दुईमा रहेको सिटीको ३४ खेलबाट ७९ अंक रहेको छ। पराजित टोटनह्याम ३३ खेलबाट ६० अंकसहित पाँचौँ स्थानमा रहेको छ। 

खेलको १५औँ मिनेटमा पियरे-एमिल होजबर्जले आत्मघाती गोल गरेसँगै आर्सनलले शुरूआती अग्रता लिएको थियो। २७औँ मिनेटमा बुकायो साकाले गोल गर्दै अग्रता दोब्बर बनाए। उनले काई हावर्ट्जको पासमा गोल गरे। 

३८औँ मिनेटमा काईले डेक्लान राइसको पासमा गोल गर्दै पहिलो हाफमा आर्सनललाई ३-० को आरामदायी अग्रता दिलाए। तर, ६४औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै घरेलु टोलीलाई ३-१ को स्थितिमा ल्याए। 

८७औँ मिनेटमा सन ह्युग मिनले पेनाल्टीबाट गोल गर्दै टोटनह्यामलाई ३-२ को स्थितिमा ल्याएपनि जित दिलाउन सकेनन्।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey