वेस्टइन्डिज विरुद्ध कमलले दिलाए पहिलो सफलता
- नेप्लेज
- |
- २०८१-०१-१५
- |
- 240 पटक हेरिएको
वेस्टइन्डिज ए विरुद्ध नेपालले पहिलो सफलता हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको हो । लामोसमयपछि कमब्याक गरेका कमलसिंह ऐरीले पहिलो ओभर लिएर आएका थिए ।
सुरुमै नो बल गरेपछि लगातार दुई पटक वाइड बल गरेका थिए । दोस्रो बलमा चौका खाएका थिए भने त्यसपछिको बलमा एलिक एथनाजेबाट छक्काको सामना गरेका थिए । त्यसपछि २ रन जोडेका एथानाजे पहिलो ओभरको अन्तिम बलमा कमलसिंह ऐरीबाट बोल्ड आउट भएका थिए ।
एक ओभरको समाप्तिमा वेस्टइन्डिजले १६ रन बनाउँदा १ विकेट गुमाएको छ ।