शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल : एपीएफ र प्रहरी उपाधिका लागि भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१४
  • |
  • 442 पटक हेरिएको

नेपाल एपीएफ क्लब र नेपाल प्रहरी क्लब सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । ४ टिम सहभागी प्रतियोगिताको राउन्ड रोविन लिगमा एपीएफ विजेता र प्रहरी उपविजेता बन्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको दोश्रो खेल साविक उपविजेता एपीएफ र साविक विजेता न्यु डायमन्डबीच भएको थियो । त्यसमा एपीएफले बाजी मार्दै लिगमा अपराजित रह्यो । आफ्नो र लिगकै अन्तिम खेलमा एपीएफले न्यु डायमन्डलाई २५-१६, २५-१८, १९-२५, १३-२५ र १५-११ ले पराजित ग¥यो । प्रहरीकी श्रृष्टि खड्गी ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । यसअघि एपीएफले प्रहरी र आर्मीलाई हराएको थियो ।

पहिलो खेलमा प्रहरीले नेपाल आर्मीलाई २५-१९, १७-२५, २५-१५ र २५-१३ को सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । प्रहरीकी लक्ष्मी चन्द ‘प्लेयर अफ दि म्याच’ बनिन् । ३ खेलमा प्रहरी दोश्रो जित निकाल्दै फाइनलमा पुग्न सफल भयो । पहिलो खेलमा एपीएफसंग पराजित प्रहरीले दोश्रो खेलमा न्यु डायमन्ड विरुद्ध जित निकालेको थियो ।

केएनपी नेरोलेकको मुख्य प्रायोजनमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको फाइनल शनिबार हुनेछ । त्यसै दिन न्यु डायमन्ड र आर्मी तेश्रो स्थानका लागि खेल्ने छन् ।

विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार जित्ने छन् । तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने जनही २५ हजार नगदबाट पुरस्कृत हुने छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey