मोहित शर्मा इतिहासकै खराब बलर बन्दा आईपीएलमा गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१३
  • |
  • 7692 पटक हेरिएको

इण्डियन प्रिमियर लिग आईपीएलमा गएराती भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ४ रनको रोमाञ्चक जित निकालेको छ ।

दिल्लीमा भएको खेलमा कप्तान ऋषव पन्तले ४३ बलमा अविजित ८८ रन बनाएपछि घरेलु टोलीले २० ओभरमा चार विकेट गुमाउँदै २२४ रनको योगफल तयार पार्यो । पन्तले ४३ बलमा पाँच चौका र आठ छक्का प्रहार गरे । अक्षर पटेलले पनि पाँच चौका र चार छक्काको सहयोगमा ६६ रन बनाए भने ट्रिस्टान स्टब्सले सात बलमा तीन चौका र दुई छक्काको सहयागमा २६ रनको योगदान दिए ।

बलिङतर्फ गुजरातका सन्दिप वारियरले तीन विकेट लिए । मोहित शर्माले आईपीएल इतिहासमै एउटै इनिङ्समा सबैभन्दा धेरै रन खाने रेकर्ड बनाए । चार ओभर बलिङ गरेका शर्माको बलमा दिल्लीका ब्याटरले ७३ रन बनाए ।

मोहितले अन्तिम ओभरमा मात्र ३१ रन दिएका थिए । १८ ओभर सकिँदा १७१ को योगफल बनाएको दिल्लीले अन्तिम दुई ओभरमा ५३ रन बनाउँदा दिल्लीले बलियो लक्ष्य खडा गर्न सफल भएको थियो । २२५ रनको लक्ष्य पछ्याएको गुजरात २० ओभरमा आठ विकेट गुमाउँदा २२० रनमा सिमित भयो ।

उसका लागि साइ सुदर्शनले सात चौका र दुई छक्काको सहयोगमा ६५ रन बनाए भने डेविड मिलरले २३ बलमा ५५ रनको योगदान दिए ।

बलिङतर्फ रसिक सलामले तीन विकेट लिँदा कुलदिप यादवले दुई विकेट हात पारे । जितसँगै दिल्ली आठ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

 

गुजरात टाइटन्स पनि समान आठ अंकसहित सातौं स्थानमा छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey