विदुर धीरको जोडीलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१२
  • |
  • 443 पटक हेरिएको

विदुर विष्ट र धीरबहादुर गुरुङको जोडीले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा बुधबार स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा विदुर र धीरको जोडीले ध्रुव गुरुङ र प्रकाश बोगटीको जोडीलाई २-६, ६-२ र १०-७ को सेटमा पराजित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा आध्या पौडेल र समृद्धि महर्जनले सेमिफाइनलमा स्थान सुरक्षित गरे । आध्याले प्रकृति श्रेष्ठलाई ६-२, २-६ र ६-१ तथा समृद्धिले प्रशंसा मोक्तानलाई ६-१ र ६-२ को सेटमा हराए । अभिलाषा विष्ट र सुनिरा थापा पनि बाइ पाएर सेमिफाइनलमा पुगे ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा र कर्मा घले उपाधिका लागि भिड्ने भएका छन् । ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी र महेश श्रेष्ठले फाइनल स्थान पक्का गरे । ४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठ तथा छेवाङ लामा र महेश श्रेष्ठको जोडीले उपाधि भिडन्त पक्का गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, सिमान्त गुरुङ, अनिल साइ र सन्तोष खत्री सेमिफाइनलमा प्रवेश गरे । सोही उमेरसमूहको पुरुष डबल्समा अनिल साइ र सिमान्त गुरुङ, सन्तोष खत्री र छेवाङ लामा, भीष्मजंग गुरुङ र देव क्षेत्री तथा जितेन्द्र परियार र इलम दिक्षीतको जोडीले सेमिफाइनल यात्रा तय गरे ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार वाइबा र प्रदीपबहादुर शाह फाइनलमा पुगे । ५५ वर्षमाथि पुरुष डबल्समा विमलकुमार वाइबा र हिमाल शाह, जीवन घिमिरे र शिवप्रसाद सेढाईं, कमल थापा र छ्याम्बा धुन्डुप तथा चन्द्र शाही र सोमबहादुर लालचनको जोडी फाइनलमा पुगे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey