ऋतिक सेमिफाइनलमा
- नेप्लेज
- |
- २०८१-०१-११
- |
- 427 पटक हेरिएको
ऋतिक राणा १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ऋतिकले आशिष खड्कालाई ६-२ र ६-३ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको अन्य खेलमा राष्ट्रिय च्याम्पियन प्रदीप खड्काले आयुशमान हजुर घलेलाई ६-० र ६-३, प्रणव खनालले आर्यन गिरीलाई ६-७, ६-४ र ६-२ तथा प्रणव मानन्धरले निशान श्रेष्ठलाई १-६, ६-३ र ६-२ को सेटमा हराउदै सेमिफाइनलमा पुगे ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको मिक्स डबल्समा प्रदीप खड्का-माहिका राणा, आइशा डोल्कर गुरुङ-आर्यन गिरी, सुमन लामा-भगवती विक तथा ऋतिक राणा-अभिलाषा विष्टको जोडी सेमिफाइनलमा पुगे ।
भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा सन्जिवकुमार श्रेष्ठ-दुर्गा केसी, मनोज श्रेष्ठ-अञ्जन बानियाँ, भीष्मजंग गुरुङ-देव क्षेत्री तथा नवीन श्रेष्ठ-सुकमान तामाङको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।