प्रधान सेनापति ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०७
  • |
  • 578 पटक हेरिएको

काठमाडौं । नेपाली सेनाको आयोजनामा सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा सञ्चालन भएको प्रथम संस्करणको प्रधान सेनापति ह्विलचियर बास्केटबल प्रतियोगिता-२०८१ सम्पन्न भएको छ ।

उक्त प्रतियोगिताको समापन बलाधिकृत रथी अशोकराज सिग्देलले समापन गरेका हुन् । उक्त प्रतियोगितामा पुरुष तर्फ ६ र महिला तर्फ ६ टिम गरी जम्मा १२ वटा टिमहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पुरुष तर्फ सशस्त्र प्रहरी बल, नेपाल पहिलो, त्रिभुवन आर्मी क्लब दोस्रो र स्पाइनल कर्ड इन्जुरी नेटवर्क, नेपाल तेस्रो भएका छन् भने महिला तर्फ ह्विलचियर स्पोर्टस एसोसिएसन प्रथम, स्पाइनल कर्ड इन्जुरी नेटवर्क, नेपाल दोस्रो र जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भएका थिए ।

प्रतियोगितामा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमहरूलाई नगद पुरस्कार सहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सम्पूर्ण टिमलाई मायाको चिनो प्रदान गर्नुका साथै रेफ्रीहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

समापन समारोहमा फरक क्षमता भएका व्यक्तिहरूले नृत्य तथा साङ्गीतिक प्रस्तुति समेत प्रदर्शन गरेका थिए । फरक क्षमता भएका व्यक्तिहरूलाई समान अवसर प्रदान गर्नुका साथै उहाँहरूको योगदानको उच्च कदर गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगिताको लिग चरणका विभिन्न खेलहरूको प्रधान सेनापति प्रभुराम शर्माले समेत अवलोकन गरेका थिए ।

सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले समुद्‍घाटन गरेकाे प्रतियोगितामा रथीवृन्द, अधिकृत, सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधि लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey