गुजरातमाथि दिल्ली ६ विकेटले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०५
  • |
  • 403 पटक हेरिएको

इन्डियन प्रिमियर लिग आइपीएलमा सर्वाधिक कम स्कोरमा गुजरात टाइटन्सलाई समेटेको दिल्ली क्यापिटल्सले ६ विकेटको जित दर्ता गरेको छ । बुधवार राति भएको खेलमा गुजरात जम्मा ८९ रनमा समेटिएको थियो । आइपीएल इतिहासमा यो सर्वाधिक कम पाँचौं स्कोर हो ।   

टस हारेर पहिला ब्याटिङ गरेको गुजरातका लागि रासिद खानले सर्वाधिक ३१ रनको पारि खेल्दा साई सदर्शनको १२ रन दोस्रो ठूलो र राहुल तेवटियाको १० रन तेस्रो स्थानमा रह्यो । 

रासिदले २४ बलमा एक छक्का र दुई चौकाको मद्दतले ३१ रन बनाएका हुन् ।

अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा गुजरात १७.३ ओभरमा ८९ रनमा समेटिन पुग्यो । गुजरातको पारिलाई ध्वस्त पार्नका लागि मुकेश कुमारले सर्वाधिक तीन विकेट लिँदा इशान्त शर्मा र तृष्टन स्टुब्सले दुई दुई विकेट लिए । ९० रनको सामान्य लक्ष्यका साथ मैदान उत्रिएको दिल्लीले सुरुआत भने खास गरेन ।

दिल्लीका लागि ओपनर जेके फ्रासन म्यागर्क २० रन बनाएर आउट हुँदा अर्का ओपनर पृथ्वी सा ७ रनको पारिका साथ विदा भए । त्यसपछि अभिषेक पोरेलले १५ रन जोड्दा साइ होप १९ रनमा आउट भएका थिए । अन्त्यमा कप्तान ऋषभ पन्त र सुमित कुमारले दिल्लीलाई ८.५ ओभरमै जित दिलाए । कप्तान पन्तले ११ बलमा १६ तथा तथा कुमारले ९ बलमा ९ रनको नटआउट पारि खेले ।

गुजरातका सन्दीप वारियरले २ विकेट लिँदा स्पेनसर जोनसन र रासिद खानले एक एक विकेट लिए ।

जारी सिजनमा तेस्रो जित निकालेको दिल्ली तालिकाको छैटौं स्थानमा उक्लिदा गुजरात भने चौथो हारका साथ सातौं स्थनमा खस्किएको छ ।

आइपीएल अन्तर्गत विहीबार पञ्जाव र मुम्बई भिड्ने छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey