बहराइनविरुद्ध नेपालको ४ परिवर्तन

  • Image नेप्लेज
  • १४ चैत्र २०८०, बुधवार
  • 641 पटक हेरिएको
बहराइनविरुद्ध नेपालको ४ परिवर्तन

काठमाडौँ । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा खेलमा घरेलु टोली बहराइनविरुद्ध हुने खेलमा नेपालको सुरुवाती-११ सार्वजनिक भएको छ।

घरेलु टोलीविरुद्ध ५-० ले पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा ४ परिवर्तन गरेको छ। 

प्रशिक्षक भिन्सेन्जो अलबर्टो अनेसेले घाइते भएका अन्जन विष्टसँगै सुमित श्रेष्ठ, हिसुब थपलिया र मनिष डाँगीलाई परिवर्तन गरे छन्। उनीहरूको स्थानमा समिर तामाङ, भरत खवास, जिलेस्पी जंग कार्की र सञ्जीव विष्ट टोलीमा आएका छन्।

समूह एच मा रहेको नेपाल ३ खेलमा अंकविहिन रहँदै पुछारमा छ। नेपालले आफ्नो पहिलो खेलमा युएई विरुद्ध ४-०, यमनविरुद्ध २-० र बहराइनविरुद्ध ५-० को हार बेहोरेको थियो। यसै समूहमा युएई ९ अंक सहित शीर्ष स्थानमा छ। यस्तै, ६ अंक सहित बहराइन दोस्रो र यमन ३ अंक सहित तेस्रो छन्।

नेपालको सुरुवाती-११
किरण चेम्जोङ, उत्सव राई, सनिश श्रेष्ठ, लाकेन लिम्बू, सञ्जीव विष्ट, जिलेस्पी जंग कार्की, भरत खवास, समिर तामाङ, अनन्त तामाङ, छिरिङ लामा, अभिषेक लिम्बु