बंगलादेशका नजमुलको शतक, श्रीलंकाविरुद्ध सहज जित

  • Image नेप्लेज
  • ३० फाल्गुण २०८०, बुधवार
  • 595 पटक हेरिएको
बंगलादेशका नजमुलको शतक, श्रीलंकाविरुद्ध सहज जित

श्रीलंकाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा बंगलादेश ६ विकेटले विजयी भएको छ । 

श्रीलंकाले दिएको २५६ रनको लक्ष्य बंगलादेशले ४ विकेट गुमाएर ४४.४ ओभरमा पूरा गरेको थियो । 

जितसँगै घरेलु टोली बंगलादेशले तीन खेलको सिरिजमा १–० को अग्रता पनि बनाउन सफल भयो ।

चटगाउँमा भएको पहिलो एक दिवसीयमा पाहुना टोली श्रीलंकाले टस जितेर पहिला ब्याटिङ गर्ने फैसला गरेको थियो । श्रीलंका ४८.५ ओभरमा सवै विकेट गुमाएर २५५ रनमा रोकिन पुग्यो ।

पहिलो विकेटकालागि  लागि पथुम निसनका र अभिष्का फर्नान्डोले ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत गराएका थिए । फर्नान्डो ३३ रन बनाएर पहिलो विकेटको रुपमा पभेलियन फर्किए । स्कोर बोर्डमा एक रन थपिएका बेला पथुम निसनका पनि पभेलियन फर्किएका थिए । निसनकाले २८ बलमा ३६ रन बनाएका थिए । कप्तान कुशल मेन्डिसले अर्धशतकीय पारि खेले पनि चौथो नम्बरमा आएका सदिरा समरविक्रमाले खास गर्न सकेनन् ।

उनी तीन रन बनाएर पभेलियन फर्किए । कुसल मेन्डिस र चरिथा असलंका मिलेर टिमको स्कोर १२५ प्लस बनाए । २५.२ ओभरमा श्रीलंकाले १२८ रन बनाएको बेला चरिथाको रुपमा चौथो विकेट गुमायो । चरिथाले १८ रन बनाएर आउट भएका थए । कुशल र जेनिथ लियांगे मिलेर श्रीलंकन पारि सम्हालेका थिए । मेन्डिस ३६.४ ओभरमा ५९ रनको अर्धशतकीय पारि खेलेर पभेलियन फर्किए । जेनिथलाई साथ दिन वानेन्दू हसरंगा क्रिजमा आएका थिए । वानेन्दूले १३ रन बनाएर आउट हुन पुगे ।

महेश तिक्षणा एक रन बनाएर आउट हुँदा आठौं विकेटको रुपमा जेनिथ लियांगे ६७ रनको अर्धशतकीय पारिका साथ विदा भए । उनी ४६.१ ओभरमा २४४ रन हुँदा आठौं विकेटको रुपमा आउट भएका थिए । नवौं विकेटको रुपमा प्रमोद मधुसन ८ रन बनाएर आउट हुँदा दिलसन मधुसनका अन्तिम विकेटको रुपमा ४८.५ ओभरमा खाता पनि नखोली पभेलियन फर्किए । श्रीलंकाका लहेरु कुमारा भने पाँच रनमा नटआउट रहे ।

बंगलादेशका सोइफुल इस्लाम, तक्सिन अहमेद र तन्जिम हसन साकिबले तीन तीन विकेट लिँदा मेहदी हसनको नाउँमा एक विकेट रह्यो ।

२५६ रनको लक्ष्यसहित मैदान उत्रिएको बंगलादेशले सुरुआत भने निकै खराब गरेको थियो । पहिलो बलमै लिटन दास आउट भएका थिए भने सोम्य सरकारको ब्याटबाट पनि तीन रनमात्रै बनयो । १४ रन बनाउँदा २ विकेट गुमाएको बंगलादेशले २३ रन पुग्दा तेस्रो विकेट पनि खेर फाल्यो । तेस्रो विकेटको रुपमा टोहिड हेरिडो पनि तीन रन बनाएर आउट भएका थिए । त्यसपछि कप्तान नजमोल हुसेन र मोहमदुल्लाहले पारि सम्हाले । मोहमदुल्लाह ३७ रन बनाउँदा बंगलादेशले १५.३ ओभरमा ९२ रनको अवस्थामा चौथो विकेट गुमायो । त्यसपछि नजमुल र मुस्फिकुर रहिम मिलेर बंगलादेशलाई सहज जित दिलाए ।  

नजमुलले नटआउट शतकीय पारि खेल्दा रहिमले पनि नटआउट अर्धशतकीय पारि नै खेलेका थिए । 

नजमुलले १२२ रनको नटआउट पारि खेल्दा मुस्फिकुरले ७३ रन नटआउट बनाए । यी दुई खेलाडीले १६५ रनको नटआउट साझेदारी गर्दा बंगलादेश सहजै विजयी भयो । 

श्रीलंकाका दिलसान मधुसनकाले दुई विकेट लिँदा प्रमोद मधुसन र लहेरु कुमाराले एक एक विकेट लिए । दोस्रो एक दिवसीय शुक्रबार हुने छ ।