कप्तान रोहितले दिए सरकारलाई धन्यवाद 

  • Image नेप्लेज
  • २४ फाल्गुण २०८०, बिहिवार
  • 673 पटक हेरिएको
कप्तान रोहितले दिए सरकारलाई धन्यवाद 

नेपाल क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारलाई धन्यवाद दिएका छन् ।

हङकङ जान लागेको नेपाली टिमको विदाई समारोहमा कप्तान पौडेलले आइसीसी विश्वकप टी २० क्रिकेटको तयारीका लागि बुधबार मात्रै ५ करोड रकम निकाशा गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सरकारले नेपाली क्रिकेटको विकासका लागि थप सहयोग गर्ने विश्वास व्यक्त गरे ।