फोडेन चम्किँदा म्यान्चेस्टर डर्बीमा सिटीको पुनरागमन जित

  • Image नेप्लेज
  • २० फाल्गुण २०८०, आइतवार
  • 713 पटक हेरिएको
फोडेन चम्किँदा म्यान्चेस्टर डर्बीमा सिटीको पुनरागमन जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले पुनरागमन जित निकालेको छ।

आइतबार राति सम्पन्न म्यान्चेस्टर डबीमा सिटी म्यान्चेस्टर युनाइटेडलाई एक गोलको विरुद्ध ३ गोलले पराजित गरेको हो।

सिटीको पुनरागमन जितमा फिल फोडेनले २ र एर्लिंग हालान्डले १ गोल गरे। युनाइटेडका लागि मार्क रासफोर्डले गरेको १ गोल सान्त्वना बन्यो।

यो जितसँग सिटीले जारी सिजन २७ खेलबाट ६२ अंक जोडेको छ। यो शीर्ष स्थानको लिभरपुलको भन्दा १ अंक मात्रै कमि हो। यता, पराजित युनाइटेडको भने समान खेलबाट ४४ अंकसहित छैटौं स्थानमा यथावत् रहेको छ। जारी सिजन यो युनाइटेडको ११औं पराजय हो।

खेलको आठौं मिनेटमा पाहुना टोलि युनाइटेडका लागि रासफोर्डले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

तर, उक्त अग्रता युनाइटेडले दोस्रो हाफमा जोगाउन सकेन।

५६औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरी अबस्थामा ल्याए। उनले ८०औ मिनेटमा पुनः गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए। त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमै हालान्डले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए।

बल पोजिसनमा पकड जमाएको सिटी गोलका लागि दोस्रो हाफ कुर्नु परेको हो। यो सँग जारी सिजन प्रिरिमियर लिगको उपाधि होड रोचक बनेको छ।