मनमोहन मेमोरियल यू-१६ क्रिकेटमा मधेश प्रदेश विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-०१
  • |
  • 428 पटक हेरिएको

मनमोहन मेमोरियल यू १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश १२ रनले विजयी भएको छ ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा मधेश प्रदेशले पहिला ब्याटिङ गर्दै निर्धारित २५ ओभरमा सवै विकेट गुमाएर १२८ रन बनाएको थियो ।

जवाफमा लुम्बनी प्रदेश २३.३ ओभरमा सवै विकेट गुमाएर ११६ रनमा समेटियो ।

पहिला ब्याटिङ गर्दा मधेश प्रदेशका लागि परिमार्जन यादवले ४५ बलमा ४० र नको सर्वाधिक ठूलो पारि खेले । यसैगरी वसिम अली अन्सारीले २१ बलमा २४ रनको पारि खेल्दा उनले चार चौका प्रहार गरेका थिए । यस्तै, चन्दन रामले १२ रन बनाउँदा अजय यादवले ११ रन  रन बनाए । रोहन यादव र खुला अन्सारीले १०–१० रन बनाए ।

लुम्बिनीका लक्ष्मण कुमाल, सुवम खनाल र भुवन शाहीले दुई  दुई विकेट लिए । करण घर्ती मगर र सागर गैरेले एक एक विकेट लिए ।

१२९ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनी प्रदेशको सुरुआत राम्रो भए पनि मिडिल अर्डर चल्न नसक्दा पराजय भोग्न बाध्य बन्यो ।

लुम्बिनीका लागि ऋषभ बेलबासेले २४ रन जोड्दा २१ ब्लमा दुई छक्का र एक चौका प्रहार गरे । त्यसैगरी रौनक श्रीवास्तवले ३४ बलमा चार चौकाको मद्दतले २२ रनको पारि खेले । कप्तान आरिफ खानले १५ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल भए ।

मधेश प्रदेशका लागि मेराज आलमले ३ विकेट लिँदा रोहन यादवले २ विकेट हात पारे । यसैगरी चन्दन रामले १ विकेट लिएको खेलमा अरु ४ खेलाडी रनआउट भए । 

मधेश प्रदेश रोहन यादव प्लेयर अफ दी म्याच बने । उनलाई नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले प्लेयर अफ दी म्याचको अवार्ड प्रदान गरेका थिए । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey