ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

  • Image नेप्लेज
  • १३ माघ २०८०, शनिवार
  • 982 पटक हेरिएको
ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा लास पालमासविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै रियलले शीर्ष स्थानमा उक्लन सफल भयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लास पालमसले घरेलु मैदानमा ५३ औं मिनेटमा अग्रता लिएको थियो ।

सान्ड्रो रमिरेजको सहयोगमा जामिएर मुनोजले गोल गरेका थिए । उक्त अग्रता भने धेरै बेर लास पालमसले टिकाउन सकेन ।

त्यसको १२ मिनेटपछि रियलले बराबरी गोल फर्काएको थियो । रियलका लागि  एडवार्डो कामाभिंगाको सहयोगमा भिनिसियस जुनियरले बराबरी गोल गरेका हुन् । 

८४ औं मिनेटमा औरेलिन चुवामेनीले टोनी क्रुसको पासमा गोल गर्दै रियललाई २–१ ले अघि बढाए । त्यसपछि थप गोल नभएपछि अन्ततः रियल २–१ को जितका साथ  ला लिगाको शीर्ष स्थानमा उक्लियो ।

रियलको २१ खेलबाट ५४ अंक भएको छ भने दोस्रो स्थानमा झरेको जिरोनाको समान खेलबाट ५२ अंक रहेको छ ।

रियलसँग पराजित लास पालमसको ३१ अंकमात्रै रहेको छ । उ तालिकाको आठौं स्थानमा छ । ला लिगाको अर्को खेलमा रियल सोसिडाड र रायो भालकानोले गोलरहित बराबरी खेलेका छन् । 

Image