एनएसआरए एनिभरसरी कप स्क्वासमा अर्हन्त र अमिरबीच उपाधि भिडन्त हुने

  • Image नेप्लेज
  • २८ मंसिर २०८०, बिहिवार
  • 356 पटक हेरिएको
एनएसआरए एनिभरसरी कप स्क्वासमा अर्हन्त र अमिरबीच उपाधि भिडन्त हुने

अर्हन्त केशर सिंह र अमिर ब्लोन बिहीबार एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको फाइनलमा पुग्नुभएको छ । 

सातदोवाटोस्थित नेपाल स्क्वास र्‍याकेट सङ्घको भवनमा भइरहेको प्रतियोगिताको फाइनल पुग्ने क्रममा नेपालका शीर्ष स्क्वास खेलाडी अर्हन्तले उमित श्रेष्ठलाई सीधा सेटमा ११–४, ११–३ र ११–५ ले हराउनुभयो । अर्को सेमिफाइनलमा अमिर ब्लोनले प्रतिस्पर्धा भिडन्तपछि दीपक थापाको चुनौती ११–८, १२–१४, ११–७, ६–११ र १२–१० ले पार गरे ।

यसैगरी मास्टर्स प्लस ५० को उपाधि भिडन्त छविलाल पाइजा पुन र प्रज्वलप्रकाश प्रधानबीच हुने भएको छ । छविलालले अनिल बज्राचार्यलाई ११–६, ११–६, ११–६ र प्रज्वलले लालबहादुर गुरुङलाई ११–४, ११–४, ११७ ले हराएर फाइनलमा स्थान बनाएका हुन् । ब्वाइज यु १९ को सेमिफाइनलमा पासाङ ब्लोनले रोहण नेपाललाई ११–६, ११–६ र ११–४ तथा विकास तुम्सिङ मगरले राकेश परियारलाई १२–१०, ११–९ र ११–८ ले हराए । पासाङले प्लेट च्याम्पियनसिपको फाइनल पनि खेल्ने छन् । सो स्पर्धाको सेमिफाइनलमा पासाङले विकासलाई ४–११, ९–११, १२–१०, ११–४ र ११–७ ले हराए । प्लेट च्याम्पियन सीपको दोस्रो सेमिफाइनलमा दिव्य राज बज्राचार्यले ऋद्धि शाक्यलाई ११–३, ११–६ र ११–७ ले पराजित गरे ।

नेपाल स्क्वास र्‍याकेट सङ्घ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वास भएको हो । एक्स स्टपेको प्रायोजन रहेको प्रतियोगितामा पुरुष ओपन, महिला ओपन, ब्वाइज यु१९, गल्स यु१९, मास्टर्स ५० प्लस र प्लेट गरी छ विधामा खेल भइरहेको छ ।