इंग्लिस प्रिमियर लिग फुटबलमा फुलह्यामले शानदार जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा फुलह्यामले वेस्टह्याम युनाइटेडेविरुद्ध ५–० गोलको एकतर्फी जित निकालेको हो ।
फुलह्यामका लागि राउल गिमिनेजले २२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । विलियन डा सिल्भाले ३१ औं मिनेटमा गोल गरेपछि अग्रता दोब्बर भएको थियो । ४० औं मिनेटमा टोसिन एड्राबोयाले गोल गरेपछि फुलह्यामले पहिलो हाफमा ३–० को अग्रता बनायो ।
६० औं मिनेटमा ह्यारी विलसनले टिमका लागि चौथो गोल गर्दा ८८ औं मिनेटमा कार्लोस भिनिसियसले गोल गरेपछि ५–० ले विजयी भयो । जितसँगै फुलह्याम २१ अंकका साथ तालिकको १० औं स्थानमा उक्लिएको छ । पराजित भएको वेस्टह्याम भने २४ अंकका साथ नवौं स्थानमा छ ।
प्रिमियर लिगमा लिभरपुल ३७ अंकका साथ शीर्ष स्थानमा रहँदा आर्सलन ३६ अंकका साथ दोस्रो तथा ३५ अंक भएको एस्टन भिल्ला ३५ अंकका साथ तेस्रो स्थानमा छ ।