रोहितले भने- हामीले २० देखि ३० रन कम बनायौं

  • Image नेप्लेज
  • ३ मंसिर २०८०, आइतवार
  • 6391 पटक हेरिएको
रोहितले भने- हामीले २० देखि ३० रन कम बनायौं

विश्वकप क्रिकेटको फाइनलमा पराजित भएपछि भारतीय कप्तान रोहित शर्माले भने । 

आज हाम्रो दिन थिएन। तर हामीले पहिलो खेलबाट जसरी खेल्यौं, म टोलीको प्रदर्शनमा खुसी छु।

राहुल र विराटले ब्याटिङ गर्दा २७० रनको स्कोर राम्रो हुन्थ्यो भन्ने लाग्यो । इनिङ्स सकिएपछि मात्र हामीले २० देखि ३० रन कम बनाएको महसुस भयो ।

हेड र लाबुस्चेन बीचको साझेदारीले खेल हामीबाट टाढा गऱ्‍यो। हामीले सक्दो प्रयास गर्‍यौं। दोस्रो इनिङ्समा ब्याटिङका ​​लागि पनि पिच सहज बनेको छ ।

हामीलाई थाहा थियो दोस्रो इनिङ्समा पिच राम्रो हुनेछ, तर ब्याटिङमा हामी निराश भयौं।