दशरथचन्दमा क्रिकेट प्रतियोगिता शुरू,देहिमाडाैंकाे विजयी शुरूआत

  • Image नेप्लेज
  • १५ कार्तिक २०८०, बुधवार
  • 422 पटक हेरिएको
दशरथचन्दमा क्रिकेट प्रतियोगिता शुरू,देहिमाडाैंकाे विजयी शुरूआत

विनाेद सिंह विष्ट

बैतडीको दशरथचन्द नगरपालिकामा बुधबारदेखि नगरस्तरीय टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ।

बुड्डाबाजे खेलमैदानमा रातामाटामा शुरू प्रतियोगिताकाे उद्घाटन खेलमा  दनपा ३ दुर्गाभवानीलाई ९ विकेटले पराजित गर्दै दनपा वडा नं २ देहीमाडौंले विजयी शुरुवात गरेको छ । 

जितका लागि पाएकाे ८३ रनको सामान्य  लक्ष्य देहीमाण्डौंले ६ दशमलव ५ ओभरमा  १ विकेटको क्षतिमा  पूरा गर्याे  । जसमा दिपक बोहराले अर्धसतकीय पारी खेल्दै ५४ र गजेन्द्र बाेहराले २२ रन बनाए । 

दुर्गाभवानीका लागि किरन पुजाराले एकमात्र विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको  दुर्गाभवानीले १७ ओभरमा  ८२ रनमा अलआउट भयाे । उसका दिनेश पुजाराले सर्वाधिक १३ रन बनाए। देहिमाडाैंका गजेन्द्र बाेहराले ३ विकेट लिए । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।

 प्रतियोगितामा ११ नगरका ओटै वडाका ११ टीमको सहभागिता रहेको छ । 

यही कात्तिक  २२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २२ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

यस्तै म्यान अफ दि सिरिजलाई नगद २ हजार २५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई समान १ हजार १२५ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख अतिथी रहेका थिए । यस्तै दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द बिशिष्ट अतिथी रहेकी थिइन् । 

 उद्दघाटन सत्रमा वडा अध्यक्षहरु, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द लगायतको सरोकारवालाहरुको पनि उपस्थिती रहेको थियो । 

नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो । 

प्रतियोगिताको उद्दघाटन सत्रमा ब्याडमिन्टनका अन्तरराष्ट्रिय खेलाडी सुरेश जोशीलाई नगद २५ हजारसहित दोसल्ला, प्रमाणपत्र र मायाको चिनो दिएर सम्मान गरिएको छ । 

दशरथचन्द नगरपालिका ९ घर भएका जोशी १९ औं दक्षिण एसीयाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट ब्याडमिन्टन खेलाडीको रुपमा प्रतिनिधित्व गरेका थिए । 

यसका साथै समापन समाराेहमा क्रिकेट खेलमा अन्तर्राष्ट्रिय टाेलीमा सहभागी भएका पुरुष खेलाडीहरुलाई दाेसल्ला र कदर पत्र बाट सम्मान गरिने जनाएको छ।

 प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको छ।