विश्वकपको तालिका अपडेट

  • Image नेप्लेज
  • १३ कार्तिक २०८०, सोमवार
  • 1755 पटक हेरिएको
विश्वकपको तालिका अपडेट

आइसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप अक्टोबर ५ देखि भारतमा सुरु भएको छ । यस विश्वकपमा आयोजक भारतसँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाका टोली सहभागी छन् ।

राउण्ड रोबिनका आधारमा खेलाइँदै आएको यो प्रतियोगितामा सबै टिमले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । १० मध्ये शीर्ष ४ टोली सेमिफाइनलका लागि छनोट हुनेछन् । सेमिफाइनलका विजेता टोलीले नोभेम्बर १९ मा अहमदाबादमा हुने फाइनलमा आमने सामने हुनेछन् । 

प्वाइन्ट टेबल 

स्थान  टिम  खेल संख्या  जीत  हार अंक 
१ भारत ६ ६ ० १२
२ दक्षिण अफ्रीका ६ ५ १ १०
३ न्युजिल्याण्ड  ६ ४ २ ८
४ अस्ट्रेलिया ६ ४ २ ८
५ श्रीलंका ५ २ ३ ४
६ पाकिस्तान  ६ २ ४ ४
७ अफगानिस्तान ५ २ ३ ४
८ नेदरल्याण्ड्स  ६ २ ४ ४
९ बंगलादेश ६ १ ५ २
१० इंग्ल्याण्ड  ६ १ ५ २