विश्वकप क्रिकेट २०२३ मा सर्वाधिक रन बनाउने ५ ब्याट्सम्यान

  • Image नेप्लेज
  • १२ कार्तिक २०८०, आइतवार
  • 8333 पटक हेरिएको
विश्वकप क्रिकेट २०२३ मा सर्वाधिक रन बनाउने ५ ब्याट्सम्यान

आईसीसी विश्वकप २०२३ अक्टोबर ५ बाट भारतमा जारी छ । प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९ मा हुनेछ । प्रतियोगितामा भारत, पाकिस्तान, इंग्ल्याण्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, अफगानिस्तान र नेदरल्याण्ड्सको सहभागिता रहेको छ ।

सबै टोलीले एकअर्कासँग एक एक खेल खेल्नेछन् र शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् ।

सर्वाधिक रन बनाउने ५ ब्याट्सम्यान 

१- क्विन्टन डी कक (दक्षिण अफ्रिका): खेल - ६, रन - ४३१, औसत - ७१.‍८३, अर्धशतक/शतक - ०/३, उच्चतम स्कोर - १७४

२- डेभिड वार्नर (अष्ट्रेलिया): खेल - ६, रन - ४१३, औसत - ६८.८३, अर्धशतक/शतक - १/२, उच्चतम स्कोर - १६३

३- रचिन रविन्द्र (न्युजिल्यान्ड): खेल – ६, रन – ४०६, औसत – ८१.२०, अर्धशतक/सतक – २/२, उच्चतम स्कोर – १२३*

४- रोहित शर्मा (भारत): खेल - ६, रन - ३९८, औसत - ६६.३३, अर्धशतक/शतक - २/१, उच्चतम स्कोर - १३१

५- एडेन मार्कराम (दक्षिण अफ्रिका): खेल – ६, रन – ३५६, औसत – ५९.३३, अर्धशतक/सतक – ३/१, उच्चतम स्कोर – १०६