२० वर्षपछि विश्वकपमा भारतसँग न्यूजिल्याण्ड पराजित 

  • Image नेप्लेज
  • ५ कार्तिक २०८०, आइतवार
  • 2766 पटक हेरिएको
२० वर्षपछि विश्वकपमा भारतसँग न्यूजिल्याण्ड पराजित 

आईसीसी विश्वकप क्रिकेटमा भारतले लगातार पाँचौं जित दर्ता गर्दै सेमिफाइलन सम्भावना बलियो बनाएको छ । दोस्रो स्थानमा रहेको भारतले शीर्ष स्थानमा रहेको न्यूजिल्याण्डलाई ४ विकेटले  पराजित गर्दै शीर्ष स्थान पनि कब्जा गरेको छ । भारतले ५ खेलमा १० अंक बनाउँदा समानखेलबट न्यूजिल्याण्डको ८ अंक रहेको थियो । समान खेलबाट समान अंक रहँदा न्यूजिल्याण्ड रनरेटका आधारमा शीर्ष स्थानमा रहेको थियो ।

विश्वकपमा भारतले न्यूजिल्याण्डलाई २० वर्ष पछि पराजित गरेको हो । सन् २००३ मा भारतले न्यूजिल्याण्डलाई पराजित गरेको थियो । त्यसपछि सन् २०१९ को विश्वकपमा समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो भने सेमिफाइनलको भेटमा भारत पराजित हुँदै प्रतियोगिताबाट नै बाहिरिएको थियो ।

तर, आइतबार न्यूजिल्याण्डले दिएको २७४ रनको लक्ष्य भारतले४८ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । भारतको जितमा विराट कोहलीले ९५ रनको पारि खेले । उनलाई शतकका लागि ५ रन आवश्यक रहेको थियो भने जितका लागि पनि ५ रन आवश्यक रहेकाले छक्का प्रहार गर्ने चक्करमा आउट हुन पुगे । उनले शतक प्रहार गर्दै सचिन तेन्दुलकरको एक दिवसीय (४९शतक)को कीर्तिमान कायम गर्ने मौका गुमाएका छन् । 

Shreyas Iyer milks MItchell Santner down the ground, India vs New Zealand, Men's ODI World Cup, Dharamsala, October 22, 2023

न्यूजिल्याण्डविरुद्ध सुरुआत भारतले मध्यम गरेको थियो । पहिलो विकेटका लागि रोहित शर्मा र शुभमन गीलले ७१ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा गील २६ रन बनाएर ११.१ ओभरमा आउट भए । त्यसपछि क्रिजमा आएका विराट कोहलीले रोहितलाई गतिलो साथ दिन खोजे पनि टिमको स्कोरबोर्डमा थप ५ रन जोड्दा रोहित आउट भए । रोहितले ४६ रनको पारि खेले । कोहली र श्रीयस अय्यर मिलेर पारि अघि बढाउँदै टिमको स्कोर १२५ प्लस बनाए । १२८ रनको स्कोरमा अय्यर व्यक्तिगत ३३ रन बनाएर आउट भएका थिए । केएल राहुलले २७ रनको योगदान गर्दा सूर्यकुमार यादव भने २ रन बनाएर रनआउटको सिकार भए । उनी र कोहलीबिच तालमेल नमिल्दा रनआउट भएका थिए ।

रविन्द जडेजाले ३९ रनको नटआउट पारि खेले ।

Virat Kohli's wagon wheel had runs all around, India vs New Zealand, Men's ODI World Cup, Dharamsala, October 22, 2023

न्यूजिल्याण्डका लकी फर्गुसनले २ विकेट लिँदा मिचेल सेर्टनर, म्याट हेनरी र ट्रेन्ट बोल्टले एक एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ओभरमा सवै विकेट गुमाएर २७३ रन बनाएको थियो । खराब सुरुआत गरेको न्यूजिल्याण्डको पारिलाई रचिन रविन्द्र र ड्रेल मिचेलले सम्हालेका थिए । मिचेलले १३० रनको शतकीय पारि खेल्दा रचिन रविन्द्रले ७५ रनको पारि खेले । यस्तै ग्लेन फिलिप्सले २३ रन बनाउँदा विल योङले १७ रन बनाए । भारतका मोहम्मद सामीले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दा ५४ रन खर्चिएर ५ विकेट लिएका हुन् ।

Daryl Mitchell's century celebration enters beast mode, India vs New Zealand, Men's ODI World Cup, Dharamsala, October 22, 2023

यस्तै, कुलदीप यादवले २ तथा मोहम्मद सिराज र जसप्रित बुमराहले एक एक विकेट हात पारे । 

 

विश्वकपको इतिहासमा भारतका मोहम्मद शामी विश्वकपमा दुई पटक पाँच विकेट लिने एकमात्र बलर बनेका छन् । यसअघि कपिल देव, वेंकटेश प्रसाद, रोबिन सिंह, आशिष नेहरा र युवराज सिंहले विश्वकपमा ५ विकेट लिएका छन् । यद्यपि यी सबैले विश्वकपमा एकपटक पाँच विकेट लिएका छन् । जहाँ शमीले यी सबै महान खेलाडीलाई पछि पार्दै पाँच विकेट लिएर कीर्तिमान बनाएका छन् । मोहम्मद शामीले विश्वकप २०१९ मा इंग्ल्याण्डविरुद्ध ५ विकेट लिएका थिए ।

मोहम्मद शामी विश्वकप २०२३ मा आज पहिलो पटक एक्सनमा देखिएका छन् । यसअघि उनले भारतीय टोलीका चार खेलमा प्लेइङ ११ मा मौका पाएका थिएनन् । फर्किएपछि उनले उत्कृष्ट बलिङ गरेका छन् । आजको खेलमा शार्दुल ठाकुरको स्थानमा शामीले मौका पाएका छन् । उनले यो अवसरलाई पनि सदुपयोग गरे ।

आजको खेलमा उनले आफ्नो पहिलो बलमा न्युजिल्यान्डका ओपनर विल योङलाई बलिङ गर्दै प्याभिलियनको बाटो देखाएपछि शामीको शानदार पुनरागमन भएको छ । यो खेलमा शमी विश्वकप इतिहासमा सर्वाधिक विकेट लिने तेस्रो भारतीय बलर बनेका छन् । उनले अनिल कुम्बलेलाई ३१ विकेटले पछि पारेका छन् ।