सात गोल भएको खेलमा युनाइटेडविरुद्ध बार्यनको रोमाञ्चक जित

  • Image नेप्लेज
  • ४ आश्विन २०८०, बिहिवार
  • 1054 पटक हेरिएको
सात गोल भएको खेलमा युनाइटेडविरुद्ध बार्यनको रोमाञ्चक जित

हाइलाइट्स

युनाइटेड जर्मन च्याम्पियन बार्यन म्यूनिखसँग चार तीन गोलले पराजित भयो । 

च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा नै म्यानचेस्टर युनाइटेडले हार ब्यहोरेको छ । युनाइटेड जर्मन च्याम्पियन बार्यन म्यूनिखसँग चार तीन गोलले पराजित भयो । 

सात गोल भएको खेलमा पहिलो हाफमा दुई गोल हुँदा दोस्रो हाफमा पाँच गोल भएका थिए । खेलको २८ औं मिनेटमा सानेको गोलमा बार्यनले अग्रता बनाएको थियो । घरेलु मैदानमा बार्यन गोलको यात्रा यतिमा रोकिएन । ३२ औं मिनेटमा गिनाब्रीले गोल गर्दै टिमलाई पहिलो हाफमा दुई शुन्यले अगाडी राखे । 

दोस्रो हाफ पहिलो हाफको तुलनामा निकै प्रतिस्पर्धात्मक बनेको थियो । खेलको ४९ औं मिनेटमा युनाइटेडले गोल गर्दै अन्तर दुई एकमा पुर्यायो । उसका लागि हाजलुन्डले गोल गरे । तर ५३ औं मिनेटमा बार्यनले पेनाल्टीको अवसर पायो । जसलाई हेरी केनले गोल गर्दै बार्यनलाई तीन एकले अगाडी राखे ।

८८ औं मिनेटमा कासेमेरोले गोल गरेपछि युनाइटेडले खेलमा फर्कने आशा जगाएको थियो । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा फेरी बार्यनले गोल गर्दै खेल चार दुईमा पुर्याए । उसका लागि टीलले गोल गरेका थिए । खेलको अन्तिममा कासेमेरोले गोल गरेर अन्तर चार तीनमा पुर्याएपनि टिमलाई हारबाट जोगाउन सकेनन् । 

 

सम्बन्धित खबर