डर्टमन्डमाथि पीएसजीको भारी

  • Image नेप्लेज
  • ३ आश्विन २०८०, बुधवार
  • 645 पटक हेरिएको
डर्टमन्डमाथि पीएसजीको भारी

युरोपियन च्याम्पियन्स लिग अन्तरर्गत नै भएको समुह एफको खेलमा पेरिस सेन्ट जर्मेनले बोरुसिया डर्टमन्डलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । समुह चरणको पहिलो खेलमा पीएसजीले डर्टमुन्डलाई दुई शुन्यले हरायो । 

पीएसजीको घरेलु मैदानमा भएको खेलमा उसको जितमा केलियन एम्बाप्पे र हाकिमीले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाए । 

त्यसको १० मिनेट बित्न नपाउँदै पीएसजीले अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि हाकीमीले गोल गरेका थिए । त्यसपछि डर्टमन्ड खेलमा फर्कन सकेन र पीएसजीले यो सिजनको च्याम्पियन्स लिगमा जितका साथ आफ्नो यात्रा सुरु गर्न सफल भयो । 

यहि समुहमा यसअघि भएको खेलमा एसी मिलानले न्यूक्यासलसँग गोलरहित बराबरी खेलेको थियो । 

सम्बन्धित खबर