रियलको अपराजित यात्रा कायमै, सोसिडाड २-१ ले पराजित

  • Image नेप्लेज
  • १ आश्विन २०८०, सोमवार
  • 517 पटक हेरिएको
रियलको अपराजित यात्रा कायमै, सोसिडाड २-१ ले पराजित

हाइलाइट्स

घरेलु मैदानमा भएको खेलमा रियलले सोसिडाडको एक गोलको अग्रतालाई उल्ट्याएको थियो । 

स्पेनिस ला लिगामा रियल मड्रिडले रियल सोसिडाडलाई दुई एकले हराउँदै शिर्ष स्थानको यात्रालाई कायम राखेको छ । गएराति भएको खेलमा रियलको जितमा भाल्र्भेडे र जोसिलुले एक एक गोल गरे । 

घरेलु मैदानमा भएको खेलमा रियलले सोसिडाडको एक गोलको अग्रतालाई उल्ट्याएको थियो । खेलको पाँचौं मिनेटमा नै सोसिडाडले बारेनटेजियाको गोलमा अग्रता बनाएको थियो । 

पहिलो हाफसम्म एक गोलले पछि परेको रियलले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै दुई गोल गर्न सफल भयो । खेलको ४६ औं मिनेटमा भाल्र्भेडेको गोलमा रियलले खेल बराबरी गर्यो । उनले फ्रान गार्सियाको गोलको फाइदा उठाएको थियो । 

त्यसपछि ६० औं मिनेटमा रियलले दोस्रो गोल गर्यो । उसका लागि जोसेलुले गोल गर्न सफल भए । यसपटक पनि गार्सियाले नै उनलाई बल मिलाइदिएका थिए । 

त्यसपछि सोसिडाड खेलमा फर्कन सकेन र रियलले तीन अंक हासिल गर्यो । 

यो जितपछि रियलले आफ्नो अपराजित यात्रालाई कायम राख्दै पाँच खेलमा १५ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलमा १३ अंक छ । सोसिडाड भने ६ अंकका साथ ११ औं स्थानमा छ । 

सम्बन्धित खबर