प्रिमियर लिगमा आर्सनलको कठिन जीत 

  • Image नेप्लेज
  • १ आश्विन २०८०, सोमवार
  • 623 पटक हेरिएको
प्रिमियर लिगमा आर्सनलको कठिन जीत 

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले कठिन जित निकालेको छ ।

आज भएको खेलमा आर्सनलले एभर्टनमाथि १–० गोल अन्तरको जित दर्ता गरेको हो ।

आर्सनल जारी लिगमा अपराजित रहेको छ । आर्सनलले पहिलो हाफ भने गोलरहित बराबरी खेलेको थियो ।

६९ औं मिनेटमा लियानार्दो ट्रोसान्डले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

उनले बकायो साकाको सहयोगमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । सोही अग्रा अन्तिमसम्म कायम राख्दै ३ अंक लिन सफल भयो ।

आर्सनल ५ खेलबाट १३ अंकका साथ अहिले तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

पराजित भएको एभर्टन भने १ अंकका साथ १८ औं स्थानमा छ ।

प्रिमियर लिगमा म्यानचेस्टर सिटी १५ अंकका साथ शीर्ष स्थानमा रहँदा टोटनह्याम, लिभरपुल र आर्सनलको समान १३ अंक रहेको छ । 

Zinchenko celebrates Leandro Trossard's winning goal.