एसिया कप विजेता भारतले कति पायो नगद पुरस्कार?

  • Image नेप्लेज
  • ३१ भदौ २०८०, आइतवार
  • 36025 पटक हेरिएको
एसिया कप विजेता भारतले कति पायो नगद पुरस्कार?

एसिया कपको फाइनलमा भारतीय टोलीले ऐतिहासिक जित हात पारेको छ । श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले कीर्तिमानी आठौं पटक उपाधि जितेको हो । च्याम्पियन बनेपछि टीम इन्डियाले १ लाख ५० हजार डलर नगद पुरस्कार पाएको छ ।   उपविजेता श्रीलंकाले पनि करिब ७५ हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

भारतका रविन्द्र जडेजाले उत्कृष्ट क्यावापत ३ हजार डलर प्राप्त गरे । 

मोहमद सिराजले ५ हजार डलर, ट्रफी, प्लेयर अफ दी म्याच (सिराजले आफूले पाएको पुरस्कार ग्राउन्ड स्टाफलाई दिए )

कुलदीप यादव: ५० हजार डलर, प्लेयर अफ द टुर्नामेन्ट (कुलदीपले पाकिस्तानविरुद्ध लिएका पाँच विकेटसहित यस प्रतियोगितामा कुल ९ विकेट लिए)

श्रीलंकाका ग्राउन्ड स्टाफ: पिच क्युरेटर र ग्राउन्ड्समेनलाई ५०,००० डलर पुरस्कृत

श्रीलंका: उपविजेता टोलीलाई ७५,००० डलर 

भारत: विजेता टोलीलाई १ लाख ५० हजार डलर ।

May be an image of ‎8 people and ‎text that says '‎ASIA CUP 2023 ACC - ROYALSTAG COLOMBO ROYAL COUNCIL Đו SUPER11 COLOMBO SRI SRILANKA SUPER 11 #ASIACUP2023‎'‎‎ 

फाइनल खेलमा के भयो ?

श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि बुमराहले पहिलो ओभरमा नै विकेट लिएर भारतलाई राम्रो सुरुवात गराए । श्रीलंकाको इनिङ्सको चौथो ओभरमा सिराजले चार विकेट लिएर ब्याटिङ क्रम नै ध्वस्त पारे । सिराजले आफ्नो अर्को ओभरमा पाँच विकेट पूरा गरे। हार्दिकले तीन विकेट लिए भने सिराजले अर्को सफलता हात पारे । कुसल मेन्डिसको १७ रन र दासुन हेमन्तको १३ रनको सहयोगमा श्रीलंकाको टोली ५० रन बनाउन सफल भयो । जवाफमा भारतले ३७ बलमा लक्ष्य पुरा गर्यो । शुभमन गिल २७ रनमा अविजित रहे भने इशान किशन २३ रनमा अविजित रहे । भारतले २६३ बल बाँकी रहँदै १० विकेटले खेल जित्यो ।