केनले क्लब करियरको ३०० गोल पुरा गर्दा बार्यन बराबरीमा चित्त बुझाउन बाध्य

  • Image नेप्लेज
  • ३० भदौ २०८०, शनिवार
  • 497 पटक हेरिएको
केनले क्लब करियरको ३०० गोल पुरा गर्दा बार्यन बराबरीमा चित्त बुझाउन बाध्य

हाइलाइट्स

केनले क्लब करियरमा ३०० गोल पुरा गर्दा दुई सय ८० गोल टोटनहमबाट, नौं गोल मिलवालबाट, पाँच गोल लेटोन ओरियन्ट र चार बार्यन तथा दुई गोल लेस्टर सिटीका लागि गरेका थिए । 

जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले बायरलिभरकुसेनसँग बराबरीमा चित्त बुझाउँदा हेरी केनले भने करियरको तीन सयौं गोल गर्न सफल भए । 

यो सिजनमा शिर्ष स्थानका लागि निकै राम्रो प्रदर्शन गरिरहेको लिभरकुसेनसँग बार्यनले दुई दुई गोलको बराबरी खेल्यो । खेलको सातौं मिनेटमा नै बार्यनका लागि केनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले डिबक्स भित्रबाट गरेको सो गोलका कारण उनी बुन्डेसलिगामा सुरुवाता चार खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी बनेका छन । 

तर बार्यनको सो अग्रता धेरै बेर टिक्न सकेन । खेलको २४ औं मिनेटमा लिभरकुसेनका लागि ग्रिमाल्डोले गोल गर्दै खेल बराबरी गरे । 

पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ८६ औं मिनेटमा बार्यनले फेरी अग्रता बनायो । उसका लागि र्गोजाकाले गोल गरे । खेलको इन्जुरी समयमा पालसियोसको गोलमा लिभरकुसेनले खेल बराबरी गर्यो । यो बराबरीपछि लिभरकुसेन र बार्यनको समान १० अंक भएपनि गोल अन्तरका आधारमा लिभरकुसेन शिर्ष स्थानमा छ । 

केनले क्लब करियरमा ३०० गोल पुरा गर्दा दुई सय ८० गोल टोटनहमबाट, नौं गोल मिलवालबाट, पाँच गोल लेटोन ओरियन्ट र चार बार्यन तथा दुई गोल लेस्टर सिटीका लागि गरेका थिए । 

सम्बन्धित खबर