पाहुना टिम अष्ट्रेलियाविरुद्धको चौथो एकदिवसिय खेलमा दक्षिण अफ्रिकाले उत्कृष्ट एक सय ६४ रनको जित हात पारेको छ । यो सिजसँगै उसले सिरिज दुई दुईको बराबरीमा पुर्याएको छ ।
सेन्चुरियनमा भएको खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारीत ५० ओभरमा मात्र पाँच विकेट गुमाउँदै चार सय १६ रन बनाएको थियो । उसका लागि हेनरिच क्लासेनले करियरकै उत्कृष्ट फिगर बनाउने क्रममा एक सय ७४ रनको पारी खेले । जसमा उनले ८३ बलमा १३ चौका र १३ छक्का प्रहार गरेका थिए । यस्तै डेविड मिलरले पनि विस्फोटक ४५ बलमा ८२ रन बनाए ।
उसका लागि भान देर डुसेनले ६२ रन बनाउँदा क्विन्टक डी ककले ४५ रनको योगदान गरे ।
जवाफमा अष्ट्रेलिया ३४ ओभर पाँच बलमा दुई सय ५२ रनमा अलआउट भयो । उसका लागि एलेक्स कारे शतक बनाउनबाट एक रनले चुके । उनी ९९ रनमा कागिसो राबाडाको बलमा आउट भए । यस्तै टिम डेविडले ३५ रन बनाउँदा अरु खेलाडीले दरिलो साझेदारी गर्न सकेनन् ।
अष्ट्रेलियाको पारीलाई कमजोर बनाउनका लागि लुंगी नेगिडीले चार तथा कागिसो राबाडाले तीन विकेट लिए ।
अब पाँच खेलको सिरिजको छिनोफानो अन्तिम खेलबाट हुने भएको छ ।